३ महिनामा २ लाख युवा वैदेशिक रोजगारीमा !

२०७९ कार्तिक ५ गते, शनिबार

काठमाडौं । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ३ महिनामा करिब २ लाख युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। गत आर्थिक वर्षको ३ महिनामा १ लाख १ हजारले श्रम स्वीकृति लिएकोमा चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा १ लाख ९६ हजार ७५ हजार युवाले श्रम स्वीकृति लिएका हुन् । गत आर्थिक वर्षको यो अवधिको तुलनामा यस वर्ष ९४ हजार भन्दा बढीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकमा उल्लेख गरिएकाे छ ।
मलेसिया लगायत कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग वृद्धि भएका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेख्य वृद्धि भएको तथ्यांकमा उल्लेख गरिएकाे छ । पछिल्लो समय साउदी अरब जानेको संख्या घटेर मलेसिया र कतार जानेको संख्या भने बढ्दै गएको छ । गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालू आर्थिक वर्षको तेस्रो महिनामा समेत उच्च रहेको छ ।
विभागको ताहाचल कार्यालयका अनुसार साउन महिनामा वैदेशिक रोजगारीमा जान ६३ हजार ३९ श्रमिकले श्रम स्वीकृति लिएकोमा भदौमा ७६ हजार ४ सय ३ जना पुगेको थियो । लकडाउन यता आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत एक वर्षयता वैदेशिक रोजगारीमा जानेको संख्याले रेकर्ड नै कायम गर्न थालेको छ । गत वर्षको भदौमा भने ३६ हजार ४० युवाले श्रम स्वीकृति लिएका थिए । साउन महिनापछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म पनि कायम रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

७ महिनामा ४५ प्रतिशत राजस्व संकलन !

२०८१ फाल्गुन १ गते, बिहीबार

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार