नेकपा डोटीद्वारा भुकम्प प्रभावित परिवारलाई राहात वितरण

२०७९ कार्तिक २६ गते, शनिबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति डोटीले भुकम्पको कारण प्रभावित परिवारहरुलाई खाधान्न र लुगा सहित राहत बितरण गरेको छ। गत हप्ता भुकम्पको कारण जिल्लाको पुर्वीचौकी गाउपालिकाको गैरागाउमा ज्यान गुमाएका ६ जना, घाइते भएका ८ जना र अन्य धनमालको क्षति हुन गएका प्रभावित गरि १८ जना घरपरिवारलाई राहात वितरण गरिएको हो।
शुक्रवार गरिएको राहात बितरणको क्रममा चामल, दाल, तेल सहित कम्वल ४0 ओटा,धोती २५ ओटा, बच्चाहरूलाई चिसो लुगा २५ सेट, कुर्ता सुरुवाल २५ पिस र केहि जुता चप्पल वितरण गरिएको कुरा डोटी स्थित नेकपा डोटीका सेक्रेटरी बिमल सी ले जानकारी दिएका छन।
भुकम्पको कारण प्रेम बोहरा, भगवती बोहरा, सिता बोहरा , हर्क बोहरा, धनसरी बोहरा र तुलसी बोहरा गरि ६ जनाको ज्यान जानेगरि भएको घटनामा नेकपा महासचिव विप्लवले वुधवार एक प्रेस विज्ञप्ती जारि गर्दै आफ्ना नेता कार्यकर्ताहरुलाई उद्दार र राहातमा जुट्न विशेष निर्देशन दिएका थिए भने शुक्रबार गरिएको राहत वितरणमा नेकपा पोलिट व्युरो सदस्य असल सी, केन्द्रिय प्रतिनिधि सदस्य किरण सी, जिल्ला सेक्रेटरी बिमल सी र युवानेता प्रभास सी सहित नेताकार्यकर्ता सहभागी भइ राहत बितरण गरिएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ बैशाख १८ गते, बिहीबार