शुभम पावरको आइपिओ पुस ६ गतेदेखि

काठमाडौँ। शुभम पावर लिमिटेडले पुस ६ गतेदेखि आइपिओ जारी गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५८ हजार ५८ कित्ता आईपीओ जारी गर्न लागेको हो। कम्पनीले जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ र उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ करोड ८० लाख ५८ हजार रुपैयाँ गरी कुल ५ करोड ८० लाख ५८ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ५८ लाख ५ हजार ८०० रुपैयाँबराबरको सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्न लागेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५८ हजार ५८ कित्ता सेयर बिक्री खुला गर्नेछ।
यस आइपिओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। यस आइपिओमा वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। यस आईपीओमा लगानीकर्ताले पुस २० गतेसम्म आवेदन दिन पाउने छन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।