१२ लाख रुपैयासहित हुण्डी करोबारी प्रकाउ !

२०७९ पुष २६ गते, मंगलवार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले श्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ निवासी १९ वर्षीय राजन कुमार साहलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियास्थित सडकखण्डमा बिआर ०५ एई ३५५६ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा राजनले लगाएको हेलमेट तथा कालो ज्याकेट भित्र १२ लाख २० हजार फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । अभियुक्तलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्ध कसूरमा थप अनुसन्धान तथा कारवाही भैरहेको डिएसपी गिरीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२०८१ माघ २९ गते, मंगलवार

चेक बाउन्समा ४ वर्षसम्म कैद !

२०८१ माघ २८ गते, सोमबार

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

२०८१ माघ २४ गते, बिहीबार