सुपर मादी हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ। सुपर मादी हाइड्रोपावरको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले २१ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता बिक्री गरिसकेको छ। अब बाँकी भएकोमा ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
यस आईपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। यो आईपीओमा लगानीकर्ताले माघ १२ गते आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक अनुसार आवेदन नपरेको खण्डमा माघ २३ गतेसम्म आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।