माया खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ। कुल निष्कासनमध्ये ५ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४८ हजार कित्ता कर्मचारीलाई छुट्याईएको छ। बाँकी रहेको १९ लाख ९२ कित्ता सेयर सर्वसाधारणले आवेदन दिन पाउने छन्।
यस आईपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन पाउँछन्। यस आईपीओमा लगानीकर्ताले माघ १७ गते आवेदन दिन पाउने छन्। यो तोकिएको समयसम्म आवश्यक आवेदन नपरेको खण्डमा लगानीकर्ताले माघ २७ गतेसम्म भर्न पाउने छन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाबाट तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।