समयमै काम नसक्ने १२ कम्पनी कालोसूचीमा

२०७९ माघ १५ गते, आईतवार


काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक सूचना निकालेर कार्यालयले समयमै काम नसक्ने, निर्माण कार्य अलपत्र पार्ने विभिन्न १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ । एक वर्षदेखि साढे ३ वर्षसम्म कालोसूचीमा राखेका ति कम्पनीसँग उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार राष्ट्र सेवा निर्माण सेवा (डडेल्धुरा) लाई ३ वर्ष का लागि कालोसूचीमा राखिएको छ। भने, बाँकी ११ कम्पनीहरुलाई १ वर्षको लागि कालो सूची रखिएको छ। १ वर्षको लागि कालो सूचीमा परेका कम्पनीहरुमा युनिभर्सल मल्टी सर्भिस प्रालि (काठमाडौँ), स्वर्गद्वारी महाप्रभु बिल्डर्स प्रालि (प्युठान), सुक्रिक निर्माण सेवा (दाङ), एसडी कन्स्ट्रक्सन (धनुषा), मुक्तिनाथ बिल्डर्स एन्ड कम्पनी (काठमाण्डौ) र लक्ष्मी निर्माण सेवा (अर्घाखाँची), जलेश्वर निर्माण सेवा (धादिङ), डीभी घिमिरे कन्स्ट्रक्सन (कुरिनटार), अन्जना निर्माण सेवा (चितवन), दिल्ली ट्रेडिङ (वीरगन्ज) र बी मेनेजमेन्ट प्रालि (पोखरा) छन्। उनीहरुलाई कालोसूचीमा राख्न विभिन्न कार्यालयले सिफारिस गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२०८१ माघ २९ गते, मंगलवार

चेक बाउन्समा ४ वर्षसम्म कैद !

२०८१ माघ २८ गते, सोमबार

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

२०८१ माघ २४ गते, बिहीबार