अमेरिकी डलरको भाउ घट्यो, युरोको बढ्यो

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ १० पैसा र विक्री मूल्य १३० रुपैयाँ ७० पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ १४ पैसा र विक्री मूल्य १३० रुपैयाँ ७४ पैसा रहेको थियो।
यता, युरोपियन युरोको मुलत भने बढेको छ। युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा र विक्री दर १४२ रुपैयाँ ५९ पैसा कायम रहेको छ। सोमबार युरोपियन युरोको मूल्य एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र विक्री दर १४२ रुपैयाँ १० पैसा रहेको थियो।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिदर ९२ रुपैयाँ २९ पैसा र बिक्रीमा ९२ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १३ पैसा र सिंगापुरे डलर एकको खरिददर ९९ रुपैयाँ २० पैसा र विक्री दर ९९ रुपैयाँ ६६ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।।
जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ०२ पैसा र विक्रीमा १० रुपैयाँ ०६ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा रहेको छ।
यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६८ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।