९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ

काठमाडौं। गए राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन्। दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो।