भूगोल इनर्जीको आईपिओ फागुन ८ देखि

२०७९ फाल्गुन १ गते, सोमबार


काठमाडौँ । भूगोल इनर्जी डेभलप्मेन्ट कम्पनी लिमिटेडले दैलेख जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई फागुन ८ गतेदेखि आईपिओ निष्काशन गर्न लागेको छ । कम्पनीले दैलेखका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ४४ हजार ५३ कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ का स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता शेयर र नौमुले द्वारी ३ बाहेकका दैलेख जिल्ला अन्य स्थानीयलाई २ लाख ७२ हजार २७ कित्ता शेयर निष्काशन हुनेछ ।
त्यस्तै १ लाख ८ हजार ८ सय ११ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन हुने छ । स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा फागुन २५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र ७ गतेसम्म आवेदन दिन सकिने छ । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा फागुन २५ गतेसम्म मात्र आवेदन दिन सकिने छ। दुवै समुहले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । भूगोल इनर्जीले दैलेखमा ३.७५ मेगावाटको द्वारी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

७ महिनामा ४५ प्रतिशत राजस्व संकलन !

२०८१ फाल्गुन १ गते, बिहीबार

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार