शेयर बजारमा १६ अंकको गिरावट

२०७९ फाल्गुन २ गते, मंगलवार


काठमाडौं । शेयर बजारमा ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले घटेर २१ सय ५ मा थामियो । कारोबार पौने २ अर्बमा खुम्चियो । उत्पादनमूलक समूह दोहोरो अंकले बढेबाहेक बाँकी सबै समूह राताम्मे रहे । लगानी र लघुवित्त समूह सबैभन्दा उच्च १ प्रतिशतले ओरालो लागे । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले घटे । मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ५५ कम्पनीको करिब ४७ लाख कित्ता शेयर १ अर्ब ७९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ६२ कम्पनीको मूल्य घट्दा जम्मा ४५ को बढ्यो । घटेको बजारमा पनि युनिलिभरका लगानीकर्ताले ६ प्रतिशत बढी कमाए ।

प्रतिक्रियाहरु

[anycomment]