युवा संगठन नेपालले भ्रष्टाचारी, लघुबित्त, मिटरब्याजीलाई जनकारबाही गर्ने

२०७९ फाल्गुन ३ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले भ्रष्टाचार, कमिसनखोर, लघुबित्त, मिटरब्याजी, लागू औषध, तथा समाजमा रहेका विकृति विसंतिका विरुद्ध चरणबद्धरुपमा भण्डाफोर तथा जनकार्बाही गर्ने निणर्य गरेको छ । सो संगठनको हालै सम्पन्न बैठकले सो निर्णय गरेको हो । बैठकका प्रमुख अतिथि तथा संगठनका फ्याक्सन इन्चार्ज सिलु सीले पार्टीको नवौं महाधिवेशनले संश्लेषण गरेका विचारधारात्मक तथा दर्शन, आर्थिक, संस्कृतिक विषयहरुलाई प्रस्टयाउदै पार्टीको नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकले लिएका महत्त्वपूर्ण निर्णयहरुलाई दृढताका साथ लागू गर्न गराउन पनि निर्देशन गरिन् । उनले आजको नेपालमा सबैभन्दा संकटमा युवा समुदाय रहेको र उक्त युवा समुदायलाई मुक्त गर्ने र जनतामुखी राज्य व्यवस्था स्थापना गर्ने जिम्मा पार्टी र संगठनलाई आएको बताइन ।
उनले पुँजीवादले युवाहरुलाई विभिन्न कुलत र गलत धन्दाहरुमा फसाउने गरेको हुँदा त्यस्ता कार्यबाट युवाहरुलाई बचाउने पहिलो जिम्मेवारी युवा संगठन नेपालको रहेको बताइन । नेत्री आज विश्वमा साम्राज्यवादी संकट चरम संकटको रुपमा बढेर गएको भन्दै तसर्थ आफुलाई बचाउन साम्राज्यवादले विभिन्न रुपधारण गर्दै आएको र त्यसैको एउटा रुप रवि लामिछाने भएको बताइन् । तसर्थ संगठनले आगामी दिनहरुमा लिने निर्णयहरु युवामुखी हुनु पर्ने र संगठन जन लेवलमा रहेका युवाहरुको मर्म भावना बुझ्ने हुनुपर्ने निर्देशन गरिन् ।
उक्त बैठकमा संगठनका निवर्तमान फ्याक्सन इन्चार्ज कृति सीलाई संगठनले सम्मानपत्र प्रदान गरि स-सम्मान बिदाई गर्‍यो भने पार्टीको नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकबाट युवा संगठन नेपालको फ्याक्सन इन्चार्जको जिम्मेवारी पाएकी सिलु सीलाई संगठनले स्वागत गरिएको थियो । लामो समयसम्म फ्याक्सन इन्चार्जको भूमिका निर्वाह गरि बिदाई भएका कृतिले संगठन संचालन गर्दाको अनुभव, सुझाव र युवाहरुले आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुको बारेमा स-विस्तार बिदाई तथा प्रशिक्षण मन्तव्य राखेका थिए ।
साथै बैठकले सिंगै देशलाई २१ वटा भागमा विभाजन गरि भौगोलिक संरचनाहरु निर्माण गरेको छ । उक्त संरचनाहरुमा इन्चार्जको व्यवस्था गरि सचिवालय र केन्द्रिय सदस्यहरुलाई जिम्मा दिएको छ । विभिन्न विभागहरु निर्माण तथा थपघट गरेको छ । संगठनको पदाधिकारी तथा केन्द्रिय समितिमा नयाँ पदाधिकारीहरुलाई पद उन्नती गर्‍यो जसमा महासचिवमा तिलक सी, सचिवमा विश्लेषण सी, कोषाध्यक्षमा सुवास सीलाई सर्वसम्मतले चयन गर्‍यो । केन्द्रिय समितिबाट बिदाई भएकाहरुलाई सम्मानपत्र प्रदान गरि बिदाई गर्‍यो । र नयाँ जिम्मेवारी सम्माहल्नु भएकाहरुलाई जिम्मेवारी प्रदान पत्र, प्रदान गरि कार्यक्षेत्रमा पठायो ।माघ २८ देखि फाल्गुन १ गतेसम्म चलेको उक्त बैठक अत्यन्तै दूरगामी महत्त्वका निर्णयहरु गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

७ महिनामा ४५ प्रतिशत राजस्व संकलन !

२०८१ फाल्गुन १ गते, बिहीबार

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार