क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुर अधिकारबारे सरकारलाई ज्ञापनपत्र बुझाउने

काठमाडौ । अखिल नेपाल (क्रान्तिकारी )ट्रेड युनियन महासंघले मजदुर अधिकारबारे सरकारलाई ज्ञापनपत्र बुझाउने बताएको छ। सो संगठनको हालै सम्पान पाँचौ पूर्ण बैठकले उक्त निर्णय गरेको बताइएको छ। महासंघले मजदुरहरुका लागि निर्धारण गरिएको न्युनतम तलबमान र महङ्गी भत्ता सम्बन्धि व्यवस्थाको व्यवहारिक रुपमा कार्यान्वयन नभएको भन्दै सरकारलाई आगामी १६ गते ज्ञापनपत्र पेश गर्ने र मागहरुको सुनुवाइ नगरिए आन्दोलनमा जाने निर्णय गरेको हो । बैठकले आप्रवासी श्रमिकका कारण नेपाली श्रमिकहरु विस्थापित भईरहेकोले यो समस्यालाई सम्बोधन गर्न संघर्ष गर्ने, ३ महिने एकीकृत संगठन निर्माण तथा बिस्तार अभियान सञ्चालन गर्ने,, अभियान अवधिमा थप २हजार सदस्यता बितरण गर्ने निर्णय समेत गरेको बताईएको छ।
महासंघका अध्यक्ष श्याम सेन्चुरीको अध्यक्षतामा भएको बैठकमा नेकपा स्थायी समिति सदस्य अनिल शर्मा -बिरही, फ्रयाक्सन इन्चार्ज शिलु र पुर्व फ्रयाक्सन इन्चार्ज मिलनले मजदुर आन्दोलनको कार्यभार बारे प्रशिक्षण मन्तव्य राखेका थिए भने बैठकले पुर्व इन्चार्ज मिलन सीको बिदाई र नयाँ इन्चार्ज शिलु सीको स्वागत समेत गरेको जानकारी अध्यक्ष सेञ्चुरीले दिए ।