बैंकको ज्यादतीविरुद्ध आन्दोलन सुरु

२०७९ फाल्गुन ९ गते, मंगलवार

काठमाडौँ । सिन्धुपाल्चोकका उद्योगी, व्यवसायीहरुले बैंकहरुले ज्यादती गरेको भन्दै आन्दोलन थालेका छन् । उनीहरुले बैंकहरुले चर्को ब्याजदर लिएको भन्दै अन्तरक्रिया लगायत विभिन्न कार्यक्रमहरु थालेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक वित्तीय संस्थाहरुले गरेका क्रियाकलाप सधैँ अघि बढ्ने हो भने व्यवासायीहरु संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने बताए । व्यवसायीहरुको अहिलेको पीडा सम्बोधन गर्न र सम्बोधन नभए व्यवसायीहरु पनि प्रतिरक्षात्मक ढंगले उत्रिने चेतावनी उनको चेतावनी थियो ।
त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघका महासचिव शम्भु तिमल्सिनाले बैंकहरुले आफूलाई अफ्ठ्यारो पर्दा व्यवहार मिलाउने गरेको आरोप लगाए । उनले बैंकहरुले पहिला ऋणीहरुबाट लिएको बढी ब्याज अहिले धमाधम फिर्ता गरिरहेको बताए । ऋणीहरुलाई सम्झौताभन्दा बेगरको ब्याजदर असुलेर लिनेकुरा सह्य नहुने भन्दै राष्ट्र बैंकको नीतिअनुसार ऋणको ब्याजदर लिनुपर्नेमा उनले जोड दिए ।
अन्तरक्रियामा सहभागी अन्य वक्ताहरुले कानूनका त्रुटीहरु सच्याएर अघि बढ्नुपर्ने बताए । उनीहरुले देशमै केही गर्छु भनेर लाग्ने व्यवसायीहरुलाई व्यावसायमैत्री वातावरण सिर्जना गर्न सरकारले नसकेको आरोप लगाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]