नेकपा बाँकेले मिटरब्याजी र लघुवित्तमाथि प्रतिबन्ध लगाउने !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी बाँकेले मिटर ब्याजी र लघुवित्त संस्थाहरुमाथि प्रतिबन्ध लगाउने घाेषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी बाँकेले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै मिटर ब्याजी र एक दर्जन बढी लघुवित्तिय संस्था माथि प्रतिबन्ध लगाउने घाेषणा गरेको हाे । नेपाल कम्युनिस्ट पार्टी बाँकेले नामै ताेकेर निर्धन, सिवाइसी, माक्राेफाइनान्स, छिमेकी, जनउत्थान, एनआइसी, विजय, महिला उपकार लगायतका वित्तीय संस्थाहरूलाई साेझा सिदा महिलाहरूलाई नठग्न चेतावनी दिएको छ ।
पत्रकार सम्मेलनमा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण कर्णाली ब्युरो इन्चार्ज संगम सीले मिटर ब्याजी र वित्तीय संस्थाहरूकाे चर्को शाेषण र अत्याचारले गाउँ र सहरमा सिमा नाघेपछि मान्छेहरू आत्मदाह र आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै बैंक तथा वित्तीय संस्थाहरूकाे अत्याचारलाई राेक्न नेकपाले संघर्ष गर्न बाध्य भएको बताए । उनले भने “जनजागरणकाे माध्यमबाट साम्राज्यवादीहरूका शाखाको रूपमा काम गर्ने वित्तीय संस्थाहरूलाई कार्वाही गर्छाैं, उनीहरूले जनताको घरवारविहीन गरेका छन यसलाई राेक्छाैं ।”
उनले जनयुद्धकालमा साम्राज्यवादका शाखाको रूपमा काम गर्ने एनजीओ, आइनजीओ र वित्तीय संस्थाहरू प्रतिबन्धित भएका कारण जनताकाे उठिबास नभएको स्मरण गरे । तर अहिले प्रचण्डको आत्मसमर्पण पछि साम्राज्यवादी शाखाहरू गाउँ र सहरमा जनतालाई फेरि लुट्न पुगेको भन्दै उनले यिनीहरूलाई लखेट्नुकाे विकल्प नभएको बताए ।
पत्रकार सम्मेलनमा नेकपा केन्द्रीय सदस्य तथा बाँकेका इन्चार्ज रणदिप सीले जनतालाई शाेषण गर्ने मिटर ब्याजी र वित्तीय संस्थाहरूको नामावली सार्वजनिक गरेका थिए । उनले दलाल पुँजीवादी व्यवस्थाकाे सिस्टमलाई अन्त्य गरि बैज्ञानिक समाजवाद नल्याएसम्म मिटर ब्याजी र वित्तीय संस्थाहरूको चर्को शाेषण अन्त्य नहुने ठाेकुवा गरे ।

यसैगरी, उक्त पत्रकार सम्मेलनमा बाँकेका मिटर ब्याजी र लघुवित्त पीडितहरूले आफुहरूलाई झुन्डिएर मर्ने अवस्थामा पुर्याएकाे गुनासो गरेका छन । पीडितहरूले मिटर ब्याजी र लघुवित्तले आफुहरू माथि चर्को आर्थिक शाेषण गरेर घरवारविहीन अवस्थामा पुर्याउने गरि टर्चर दिएको बताएका छन । पत्रकार सम्मेलनमा सहभागी भएका मिटर ब्याजी र लघुवित्त पीडितहरूले पत्रकार सामु आफुहरूलाई उठिबास हुनेगरी टर्चर दिने गरेको गुनासो गरेका हुन । खजुरा बि गाउँकी मिटर ब्याजी र लघुवित्त पीडित शान्ति धाैलाकाेटीले सिवाइसी लघुवित्तकाे चर्को शाेषणले गाउँका धेरैजसाे महिलाहरू भागेर विदेश जान बाध्य भएको गुनासो गरिन । उनले आफूले ५० हजार ऋण ल्याएर ४३ हजार तिरी सक्दा पनि लघुवित्त संस्थाले धेरै मानसिक टर्चर दिने गरेको गुनासो गरिन । यस्तै राेल्पा घर भइ हाल नेपालगन्जमा गार्मेन्ट उद्योग संचालन गरिरहेका मिटर ब्याजी पीडित केशवराज खड्काले आफूले कमलकुमार साहुबाट ३ लाख रूपैयाँ ऋण लिएको र १० प्रतिशत ब्याजदरमा फसाएकाे गुनासो गरे । उनले भने “३ लाखौंको नाममा २ लाख ७० हजार मात्रै दिए, १ लाख ८० हजार तिरिसकेकाे छु, तर पनि मिटर ब्याजी कमलकुमारले आफूबाट लिएको खाली चेकका आधारले जिल्ला अदालत बाँकेमा चेक बाउन्सकाे मुद्दा दिएका छन ।”
उनले सरकारी ब्याजदरकाे हिसाबले पैसा तिर्न तयार भएपनि १० प्रतिशतको ब्याजदरले पैसा तिर्न आफू तयार नभएको बताए । उनले खाली चेक दिनु आफ्नो गल्ती भएको भन्दै आफूजस्तै कैयौं मान्छेलाई मिटर ब्याजमा पैसा दिएर कमलकुमारले फसाएकाे बताए ।
अर्का पिडित खजुरा बि गाउँकी जयकुमारि मल्लले सिवाइसी भन्ने लघुवित्तिय संस्थाले फसाएकाे बताइन् । उनले वित्तीय संस्थाको चर्को ब्याजदरले मर्नु न बाँच्नु बनाएको बताइन् । उनले भनिन् “एकैचोटि सिवाइसीले ३ दिन भित्र ७ लाख ऋण पाउनु हुन्छ भन्यो, पहिलेको ऋण मिटर ब्याजमा ल्याएर भएपनि चुक्ता गर भन्यो, १ लाख ६५ हजारको चेक दिएर मिटर ब्याजमा पैसा निकाली चुक्ता गरे, तर ७ लाख ऋण पाइन अहिले मिटर ब्याजमा ऋण दिनेले टर्चर दिएको छ ।”
यस्तै खजुरा सी गाउँकी संगीता सुनारले लघुवित्त र मिटर ब्याजीकाे चर्को ब्याजदरले आफ्नो गरिखाने गाडी समेत गुमेको गुनासो गरिन । उनले सिवाइसी, उपकार, ओमी, उन्नति जस्ता लघुवित्तहरूले आफूजस्ता सैयाैं महिलाहरूलाई फसाएकाे गुनासो गरिन । उनले भनिन् ” ७ लाख दिन्छौं भनेर फसाए, बचत माग्दा पनि दिदैनन् , म समुहमै छैन भन्दापनि आफ्नो बचत पाइएन ।”
उनले किस्ता तिर्न १/२ दिन ढिलो हुदा पनि घरमा बालबालिका समेतलाई असर पर्ने गरि गालीगलाैज गर्दै टर्चर दिने गरेको गुनासो गरिन ।
पत्रकार सम्मेलनमा अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय काेषाध्यक्ष प्रतिमा सी लगायतका नेताहरूको सहभागिता रहेको थियो भने पत्रकार सम्मेलनकाे संचालन जिल्ला सेक्रेटरी कल्पना सीले गरेकी थिइन ।