नेकपा मकवानपुरद्वारा शिव शिखर सहकारीकाे ठगी राेक्न आग्रह

२०७९ फाल्गुन १२ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताकाे करोडौं रकम ठगी गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउदै पीडितहरूकाे आन्दोलन प्रति ऐक्यबद्धता जनाएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सेक्रेटरी उदिप सीले हेटौंडा शाखा कार्यालयका संचालक शुसिल बानियाँले बचतकर्ताहरुको कराेडाैं रकम लिएर भागेको जनाएका छन ।
नेकपाले भक्तपुरको ठिमीमा मुख्य कार्यालय भएको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले मकवानपुरमा एउटै व्यक्तिको ८६ लाख ठगी गरेको र धेरै जनताको १० देखी ३० लाख रकम लिएर भागेको जनाएको छ । पीडितहरूले आफ्नो बचत रकम फिर्ता गर्नुपर्ने माग गर्दै गरिरहेकाे आन्दोलन प्रति नेकपाले ऐक्यबद्धता पनि जनाएको छ । नेकपाकाे जारी विज्ञप्तिमा भनिएको छ “शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थालाई कानुनको दायरामा ल्याई पीडितहरूको बचत सावाँ र ब्याज सहित दिलाउन सम्बन्धित निकाय, जिल्ला प्रशासन कार्यालयलाई हाम्रो गाैरवशालि पार्टी नेपाल कम्युनिस्ट पार्टी मकवानपुर गम्भीर ध्यानाकर्षण गराउदछ ।”
नेकपाले मिटर ब्याजी र बैंक लघुवित्त र सहकारीकाे चर्को ब्याजदरमा पीडित भएका जनतालाई न्याय दिन देशभर आन्दोलनको नेतृत्व गरिरहेकाे जनाएको छ ।

जारी विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण राजनीतिक दल, पत्रकार, सुरक्षा निकाय, सामाजिक अभियान्ताहरूमा पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन र नेतृत्वदायी भूमिकामा आउन आग्रह गरेको छ ।

नेकपाकाे जारी विज्ञप्तिकाे अन्त्यमा जनतामाथि ठगी गर्ने जुनसुकै संस्था, बैंक, मिटर ब्याजी, वित्तीय संस्था र सहकारीहरू नसुध्रिए उनीहरू आफ्नो पार्टीको निसानामा पर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

७ महिनामा ४५ प्रतिशत राजस्व संकलन !

२०८१ फाल्गुन १ गते, बिहीबार

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार