२० अर्बको रिपो जारी हुँदै

२०७९ फाल्गुन १८ गते, बिहीबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकलेतरलता व्यवस्थापन गर्न आज २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो चैत २ गते परिपक्व हुने यो रिपो आज (बिहिबार) दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा प्रयोग गर्दछन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२०८१ माघ २९ गते, मंगलवार

चेक बाउन्समा ४ वर्षसम्म कैद !

२०८१ माघ २८ गते, सोमबार

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

२०८१ माघ २४ गते, बिहीबार