अमेरिकी डलरको भाउ बढ्यो !

२०७९ फाल्गुन ३० गते, मंगलवार


काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा तोकिएको छ। सोमबार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको थियो। यस्तै, युरोपियन युरोको भाउ घटेर खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७६ पैसा निर्धारण गरेको छ।
अष्ट्रेलियन डलर एकको खरिद ८६ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८७ रुपैयाँ १९ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ०९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ८१ पैसा र विक्रीमा १० रुपैयाँ ८५ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा रहेको छ।
यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०१ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ १५ पैसा र बिक्रीदर २९ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२०८१ माघ २९ गते, मंगलवार