‘जनतालाई दुख दिने लघुबित्तलाई पत्तासाफ पारिन्छ’

२०७९ चैत्र १ गते, बुधबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी इलामका इन्चार्ज मौसमले सीले जनतालाई दुख दिने लघुबित्तलाई पत्तासाफ पार्ने चेतावनी दिएका छन। सोमबार इलामको चोक बजारमा लघुबित्त पिंडित जनताहरुको सहभागितामा नेकपा इलामले गरेको प्रदर्शनलाई संबोधन गर्दै नेता मौसमले सो चेतावनी दिएका हुन । उनले गाउँ गाउँ पसेर गरिब जनतालाई ऋण अशुलिको नाममा दुख दिंदै आएका लघुबित्त संस्थाहरुले जनतालाई दुख दिन बन्द नगरे पत्तासाफ पारेर लखेट्ने बताए ।
निरन्तर प्रदर्शन, लघुबित्तहरुलाइ चेतावनी कारबाही र पिंडित जनतासंग अन्तर्कृया गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी इलामले जनता बिरुद्ध हुँदै आएका गतिबिधी बिरुद्ध निर्ममता पुर्वक संघर्ष गर्ने बताएको छ ।
प्रदर्शन कार्यक्रममा बोल्दै इलाम जिल्लाका जनपरिसद प्रमुख गोपि सीले आफ्नो पार्टीले जनताको बिद्रोहको नेतृत्व गर्ने बताए । जिल्ला सचिब नवराज सीले यो सरकार जनताको सरकार नभएर दलाल माफियाहरुको रक्षक सरकार भएको बताए ।
जनता लघुबित्त आतंकको कारण घर छाडेर भाग्न बाध्य भएको, आत्महत्या गर्न बाध्य भएको बताउंदै जनताको यो दुखको समाधानमा राज्यले भुमिका खेल्नुको साटो उल्टो लघुबित्तहरुको रक्षामा प्रहरी लिएर हिंड्नु खेदजनक भएको बताए । सेक्रेटरी नवराजले प्रहरी लिएर हिंडेर , बल प्रयोग गरेर जनता माथी आतंक मच्चाए पार्टिले प्रतिबाद गर्ने चेतावनि दिए ।
इलाम टुंडिखेलबाट सुरु भएको र्यालि चोक बजार परिक्रमा गर्दै मुख्य चोकमा गएर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा ब्युरो सदस्य अबिनाशले पनि बोलेका थिए । साथै कार्यक्रमको संचालन युवा नेता मदन बिद्रोहिले गरेका थिए भने कार्यक्रमको अन्त्यमा पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीद्वारा लेखिएको ‘ इलामका क्रान्तिकारी हो- माटो उठाउ इलामको , रगतको गंध सुंघेर सपनाको चिहान खोज’ भन्ने भर्खरै रेकर्ड भएको गित प्रस्तुत गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

७ महिनामा ४५ प्रतिशत राजस्व संकलन !

२०८१ फाल्गुन १ गते, बिहीबार

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार