सुन तोलाको १ लाख १० हजार रुपैयाँ !

२०७९ चैत्र ५ गते, आईतवार

काठमाडौँ। आज सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको छ । शुक्रबार प्रति तोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजार ९ सयले बढेर १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ३५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो।
अन्तराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए। महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दैआएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

७ महिनामा ४५ प्रतिशत राजस्व संकलन !

२०८१ फाल्गुन १ गते, बिहीबार

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार