नेकपा उदयपुरद्वारा तुलसी बहुउद्देश्यीय सहकारीलाई शेयरधनिको रकम फिर्ता गर्न चेतावनी

२०७९ चैत्र ७ गते, मंगलवार


काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जिल्लाको तुलसी बहुउद्देश्यीय संस्था लिमिटेडबाट हजारौं सर्वसाधारण मानिसहरु पीडित भएकोले तत्काल शेयरधनिहरुको रकम फिर्ता गर्न चेतावनी दिएको छ। सोमबार जिल्ला सचीव जीत बहादुर सी र इन्चार्ज अमृत सीले एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन।
बिज्ञप्तीमा जिल्लामा रहेका विभिन्न वित्तीय संस्थाहरुले सर्वसाधारणलाई अपमान गर्ने, धम्क्याउने र दवाव तथा दुख दिने गरेको भन्दै यी हर्कतहरु नसच्याएसम्म सबै वित्तीय कारोबार रोक्न समेत भनिएको छ।
नेपाल कम्युनिस्ट पार्टी उदयपुरका नेताहरू जीत बहादुर सी र अमृत सीद्वारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तीमा “जनता ठग्ने मिटर व्याजीहरुलाई तत्काल मिटरव्याज प्रवाह गर्न बन्द गर्न, जिल्लामा संचालित सम्पूर्ण लघुवित्तहरुलाई आफ्नो सबै गलत गतिविधि नसच्याउनजेल वित्तिय संस्थाहरुबाट गरिरहेको सबै क्रियाकलाप तत्कालका लागि बन्द गर्न” भनिएको छ।
त्यस्तै बिज्ञप्तीमा ” मध्यम वर्गिय व्यापारी व्यावसायीहरु साथै राष्ट्रिय पुँजीपति वर्गलाई संरक्षण गर्नेगरी आफ्नो बैंकिङ्ग निति निर्माण गरेर मात्रै आफ्ना काम कार्वाहीहरु अगाडि बढाउन, तुलसी बहुउद्देश्य सहकारी संस्था लिमिटेडबाट उदयपुरमा भएको ठूलो ठगीबाट हजारौ मानिसहरुको मोटो धन राशि गायब भएको रकम तत्काल फिर्ता गर्न यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ” भन्दै चेतावनी दिईएको छ। -अनिता गजमेर

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२०८१ माघ २९ गते, मंगलवार