विदेशमा रहेका नेपाली श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेटिँदै

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेटिने भएको छ । सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा कार्यक्रम गरी वैदेशिक रोजगारीमा रहेका कामदारलाई कोषमा सूचीकृत गर्ने कार्यको प्रारम्भ गर्ने भएको हो ।
वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा छातामा ल्याउन कोषले कार्यविधि बनाइसकेको छ । उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको छ ।
देशभित्र रहेका औपचारिक क्षेत्रका श्रमिकहरु तीन वर्षदेखि सामाजिक सुरक्षा योजनामा सहभागी भईरहेकोमा विदेशमा रहेका नेपाली श्रमिकहरुलाई पहिलो पटक समेट्न लागिएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा विदेशमा रहेका श्रमिकलाई समेट्ने तयारी भईरहेको हो ।