डलर साट्ने बाहानामा ठगी !

२०७९ चैत्र १८ गते, शनिबार


काठमाडौं । प्रहरीले डलर साट्ने बाहानामा विभिन्न व्यक्तिहरुबाट ३० लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थलि घर भई हाल भक्तपुर बालकोट बस्ने २८ वर्षीय भिम बहादुर तामाङलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट बिभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी डलर साटीदिन्छु भनि प्रलोभन देखाई उक्त रकम ठगी भएका घटनाको थप अनुसन्धानको क्रममा तामाङको संलग्नता रहेको खुल्नआएपछि उनलाई भक्तपुर बालकोट बसपार्कबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाउनुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत खोजी गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

७ महिनामा ४५ प्रतिशत राजस्व संकलन !

२०८१ फाल्गुन १ गते, बिहीबार

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार