मिटरब्याज समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन

काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गरेको छ । प्रधानमन्त्री प्रचण्डले पीडितको गुनासो र उजुरी लिएर तत्कालै न्यायिक कारबाही गर्न सक्ने कानूनी अधिकारसहितको आयोग गठन भइसकेको र यसले आइतबारसम्म पूर्णता पाउने बताए । उनले भने ‘प्रतिवेदन बुझाउन होइन कारबाही नै गर्ने गरी आयोग गठन भएको छ। आइतबारसम्म आयोगले पूर्णता नै पाउँछ ।’
पूर्वन्यायाधीश वा आयुक्त तहबाट नेतृत्व हुने आयोगमा नेपाल प्रहरीका महानिरीक्षक र महान्यायाधिवक्ता पनि सदस्य रहनेगरी आयोग बनाइएको छ । आयोगका सबै सदस्यहरू भोलिसम्ममा नै टुंगिने उनले बताए । उनले सबै जिल्लामा आयोगको संरचना रहने समेत बताए ।
संघर्ष समितिका सदस्य संघर्ष दाहालले प्रधानमन्त्रीले न्यायिक अधिकारसहितकै उच्चस्तरीय आयोग गठन गरेको जानकारी आफूहरूलाई दिएको बताए ।