गोरखा जेलब्रेककी योद्धा रिताद्वारा छोरीलाई बचाइदिन अपिल
![](https://janakhabar.com/wp-content/uploads/2023/04/chori.jpg)
काठमाडौं । २०५७ चैत १७ गते गोरखा जेलब्रेक गर्ने रीता(कविता थापा मगर)ले क्यान्सर रोगले ग्रस्त आफ्नी छोरीलाई बचाई दिन अपिल गरेकी छन। उनले १७ वर्षीय छोरी जेसिका थापा क्यान्सर रोगले ग्रस्त भएको र घरको आर्थिक अवस्था नाजुक भएको कारण उपचारमा समस्या भएकोले छोरीलाई बचाईदिन अपिल गरेकी हुन। रिताको कुनै रोजगार नभएको र भारतको होटलमा काम गर्ने श्रीमान छोरी बिरामी भएपछि घर फर्केकाले झन समस्या भएको उनको भनाइ छ।
रिताले छोरीको उपचारार्थ दौडधूप गरिरहेकी भए पनि कतैबाट सहयोग पाएकी छैनन् । सरकारी निकाय र सत्तारुढ माओवादी केन्द्रले सरकारसँग रकम नभएको बताएको रिताको गुनासो छ । तर राज्य ढुकुटीबाट नेता र उनीहरुका आसेपासेले स्वास्थ्य उपचारको नाममा करोडौं लिएका छन् ।
शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गराइरहेकी क्यान्सर पीडित रिताकी छोरी जेसिका थापाको उपचारार्थ अनिल शर्माको नेतृत्वमा नेकपा सम्बद्ध कार्यकर्ता–नेताले चैत १७ गते रु २३ हजार ३ सय रुपैयाँ सङ्कलन गरी प्रदान गरेका छन् ।
रकम प्रदान गर्नेहरुमा अनिल शर्मा– रु. १ हजार उमा भुजेल रु. १ हजार उषा मगर रु. १ हजार पाटन जङ्गली रु. १ हजार पुरण–प्रविन रु. १ हजार ,निशानरु. १ हजार ,मदन रु. १ हजार ,योगेश बुढाथोकी रु. २ हजार ,नेकपा, गोरखा रु. ३ हजार ,श्याम सी रु. १ हजार डिलबहादुर सेञ्चुरी रु. १ हजार सुष्मा भुजेल रु. १ हजार ,एटम सी रु. ५ सय ,विश्लेषण सी रु. ५ सय ,गणेश रु. ५ सय ,धनकुमारी गुरुङ रु. १ हजार,जौमाया गुरुङ रु. ५ सय र रनबहादुर मगर रु ३ सय रहेको बताईएको छ।