विदेशमा ज्यान गुमाएका नेपालीको बीमा रकम ठग्नेहरु समातिए

२०७९ चैत्र २४ गते, शुक्रबार


काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेशमा काम गर्दागर्दै मृत्यु भएकाहरूको परिवारलाई बीमा रकम दिलाई दिन्छु भनी ठगी गर्ने ६ जना पक्राउ परेको जनाएको छ । समातिनेमा काभ्रेपलान्चोकका ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीका ३४ वर्षीय विनोदकुमार लामा, ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र ३९ वर्षीय रुद्रमान गोले रहेका छन् । वैदेशिक रोजगारमा हुँदा विविध कारणले निधन भएकाहरूको बीमा बापतको रुपैयाँमध्ये रकम आफू लिई केही रकम मात्र परिवारका सदस्यहरूलाई उपलब्ध गराएको आरोपमा उनीहरु समातिएका हुन् । मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, बीमा कम्पनीको लेटरप्याडसहित उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । बीमा रकममा ठगी गरेको उजुरीका आधारमा प्रहरीले काठमाडौंको गोङ्गबुबाट पक्राउ गरेर सबैलाई जिल्ला प्रहरी परिसर टेकु पठाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु