शेयर बजारमा सुधार

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेप्से १७ अंकले उकालो लाग्दा परिसुचक १९ सय ५ बिन्दुमा पुगेर थामियो भने कारोबार रकम भने १ अर्ब तलै रह्यो । म्यूचल फण्ड बाहेक अरु समूह हरियो रहेको बजारमा सबैभन्दा बढी निर्जिबन बिमा समूहमा ९५ अंकको सुधार आयो । अरु समूह पनि दोहोरो अंकले उकालो लागे । आज तारागाँउ रिजेन्सीको शेयर ८ प्रतिशतले वृद्धि हुँदा १ सय ६८ कम्पनीको शेयर मूल्य बढेको छ । ४४ कम्पनीको मूल्य घटेको बजारमा ५ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ । आज २ सय ६४ कम्पनीको २७ लाख कित्ता शेयर ८८ करोड ५५ लाख बराबरमा किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।