राष्ट्र बैंक ११ प्रतिशत ब्याज दिने बचतपत्र बिक्री गर्दै

२०८० बैशाख १५ गते, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र २०८५ बिक्री गर्न लागेको छ । बैंकले वैशाख १७ गतेदेखि जेठ १७ गतेसम्म ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रि गर्ने भएको हो । बिक्री सम्पन्न भएपछि जेठ २४ गते बचतपत्र निष्काशन हुने छ। यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर-आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सकिने छ। यस बचतपत्र वार्षिक ११ प्रतिशत ब्याज प्राप्त हुने छ भने ब्याज आम्दानीमा कर लाग्ने छ। ब्याज भुक्तानी हरेक ६/६ महिनामा हुने छ । यस बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु. दश हजारले भाग गर्दा नि:शेष भाग जाने अंकमा आवेदन दिनु पर्ने छ। यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन दिन सकिने छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु