टेलिकमको खुद नाफा ५ अर्ब ४१ करोड रुपैयाँ

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ०.४३ प्रतिशतले कम हो। गत वर्षको यहि अवधिमा कम्पनीले ५ अर्ब ४३ करोड हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको ९ महिनाको अवधिसम्ममा कम्पनीको कुल सञ्चालन आय २८ अर्ब २१ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ८७ करोड २९ लाख रुपैयाँ रहेको छ। सञ्चालक आय पनि ३.०९ प्रतिशतले घटेको छ। यो ९ महिनाको अवधिसम्म कम्पनीको कुल आय भने २.०६ प्रतिशतले बढेर ३३ अर्ब २० करोड रुपैयाँ भएको छ। अघिल्लो यही अवधिसम्म कुल आय ३२ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।
डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटातर्फ करिब रु. ७७ करोड ५० लाख २६ हजार वृद्धि भएको छ।
अन्तरआबद्धतासम्बन्धी निर्देशिकाअनुसार डोमेस्टिक अन्तरआबद्धता शुल्कमा कमी आएको र सोसँग सम्बन्धित खर्चमा समेत कमी आएको छ।
अन्तरआवद्धतासम्बन्धी निर्देशिकाअनुसार डोमेस्टिक अन्तरआवद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा करिब रु. ५७ करोड ५८ लाखले कमी भएको छ। विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको छ। आर्थिक ऐन, २०७९ बाट दूरसंचार सेवा दस्तुरमा भएको परिवर्तनका कारण राजस्वमा असर पर्न गएको छ।
कम्पनीको लेखा नीति तथा एनएफआरएसबमोजिम गणना गर्दा इम्पेयरमेन्टमा अघिल्लो आ.व.मा भन्दा बढी खर्च आएको छ।
गैरकार्य सञ्चालन आयमा भएको परिवर्तन
बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १ अर्ब ७३ करोड ९९ लाखले वृद्धि भएको छ। विदेशी विनिमय दरमा भएको परिवर्तनका करिब रु. ५ करोड ४६ लाख फरेन एक्सचेन्ज गेन भएको छ।