बंगलादेशले नेपालको ४० मेगावाट बिजुली किन्ने

२०८० जेष्ठ ३ गते, बुधबार


काठमाडौं । नेपाल र बंगलादेशबीच भएको सचिवस्तरीय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको छ । नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने भएकाले उसलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने सहमति पनि नेपाल र बंगलादेशबीच भएको छ। नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात गरि आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने छ। दुई देश बीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ। ४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत बर्ष भदौ मै नेपाल र बंगलादेश बीच भएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से १८.४० अंकले घट्यो

२०८२ आश्विन ३० गते, बिहीबार

साढे ११ अर्ब बीमा दाबी भुक्तानी

२०८२ आश्विन ३० गते, बिहीबार

२१ कम्पनी कालोसूचीमा

२०८२ आश्विन ३० गते, बिहीबार