लामो दुरीको गाडी भाडा घट्यो

२०८० जेष्ठ ३ गते, बुधबार


काठमाडौँ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ६३.७३ अंकले घट्यो

२०८२ श्रावण १९ गते, आईतवार

पेट्रोलियम पदार्थको मूल्य समायोजन

२०८२ श्रावण १७ गते, शुक्रबार

नेप्से ४७.९३ अङ्कले घट्यो

२०८२ श्रावण १५ गते, बुधबार