रेसुङ्गा सामुदायिक वन क्षेत्रमा भीषण डढेलो

२०८० जेष्ठ ६ गते, शनिबार


काठमाडौँ । गुल्मी रेसुङ्गा नगरपालिकाको वडानम्बर–८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि भीषण डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि स्थानीय जनप्रनिधि, सुरक्षाकर्मी परिचालन भएपनि नियन्त्रणमा आउन भने सकेको छैन् । डढेलो नियन्त्रणका लागि रेसुङ्गा नगरपालिकाको दमकलसहितको टोली पुगेपनि नियन्त्रणमा ल्याउन नसकिएको रेसुङ्गा नरगपालिका वडानम्बर ८ का वडाअध्यक्ष निरञ्जन काउछाले बताए । डढेलोले रेसुङ्गा नरगपालिकाको खानिगाउँ क्षेत्र जोखिममा परेको छ । गर्मी र सुख्खा मौसम सुरु भएपछि वन डढेलो लाग्ने गरेको छ । यस वर्ष जिल्लामा २ हजार १ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु