विद्युत निर्यात पुन: सुरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात पुन: सुरु गरेको छ । प्राधिकरणले नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको जनाएको हो । प्राधिकरणले शनिबार एक सय मेगावाट विद्युत् भारत निर्यात गरेको थिर प्रि–मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको जनाएको छ ।
अब केही दिन प्रसारण लाइनको अवस्था जाँच गरेर मात्र थप विद्युत निर्यात गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणले शनिबार करिब ७ रुपैयाँ प्रतिमेगावाटको हाराहारीमा निर्यात गरेको जनाएको छ । हिउँद लागेपछि प्राधिकरणले पुस ३ देखि भारतमा बिजुली निर्यात बन्द गरेको थियो ।