मौद्रिक नीतिसग सम्बन्धीत राय/सुझाव उपलब्ध गराउन आह्वान

२०८० जेष्ठ २२ गते, सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिसग सम्बन्धीत राय/सुझाव उपलब्ध गराउन आह्वान गरेको छ । राष्ट्र बैंकको सूचनामा भनिएको छ – ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना राय/सुझावहरु यस बैंकको आर्थिक अनुसन्धान विभागको देहायको ठेगानामा २०८० असार १० भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ। ’
नेपाल राष्ट्र बैंक ऐनले राष्ट्र बैंकलाई आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने अधिकार दिएको छ । यस्तै वित्तीय सेवाको पहुँच अभिवृद्धि र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गर्ने जिम्मेवारी ऐनल राष्ट्र बैंकलाई दिएको छ । नेपाल राष्ट्र बैंक ऐन अनुसार बैंकिङ तथा वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने कार्य पनि राष्ट्र बैंकको हो । यी उदेश्यमा प्रतिकूल असर नपर्ने गरी नेपाल सकारको आर्थिक नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने उदेश्य राष्ट्र बैंकको ऐनमा उल्लेख छ । ऐनको उदेश्य अनुसार बाह्य क्षेत्र र मूल्य र वित्तीय स्थायित्वमा असर नपुग्ने गरी बजेटमार्फत सरकारले लिएको नीति कार्यान्वयनमा सहयोगि हुने गरी राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्नुपर्ने हुन्छ ।
मौद्रिक नीति तर्जुमा कार्यविधिले मौद्रिक नीति सञ्चालक समितिबाट वार्षिक मौद्रिक नीति आर्थिक वर्ष सुरु भएको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने उल्लेख छ । जसअनुसार राष्ट्र बैंकले साउन पहिलो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]