नेप्से परिसूचक २५.६६ अंकले वृद्धि

२०८० जेष्ठ २३ गते, मंगलवार


काठमाडौँ । आज सेयर बजार परिसूचक नेप्से २५.६६ अंकको वृद्धि हुँदै १९२७.६५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । गत साता बजेटको अघिल्लो दिन सहित बजेटपछि १६ जेठ मंगलबार र १७ गते बुधबार समेत घटेको नेप्से १८ जेठ बिहीबार सामान्य वृद्धि भएको थियो । यो साताको आइतबार ५३ अंकले बढेको नेप्से सोमबार १६ अंकको करेक्सन भएपनि मंगलबार पुनः बढेको हो । मंगलबार नेप्सेमा सबै उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक सर्वाधिक ५.६७ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा उपसूचक ४.६४ प्रतिशत र हाइड्रोपावर उपसूचक ३.५५ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि करिब २ अर्ब नजिक पुगेको छ । मंगलबार नेप्सेमा ३६ हजार ११८ वटा कारोबारमा ५५ लाख ४१ हजार ८७८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाखको कारोबार भएको छ । जसमध्ये सोल्टी होटलको करिब ९ करोड ६९ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको करिब ९ करोड १८ लाख र अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ५७ लाखको कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल २२० सुचिकृत कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै ३१ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये न्यादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.८५ प्रतिशतले वृद्धि हुँदा सनराइज फोकस इक्वीटी फण्डको इकाइमूल्य ९.२४ प्रतिशत र सोल्टी होटलको सेयरमूल्य ८.७५ प्रतिशतले वृद्धि भएको छ ।
यता मनाकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक २.५७ प्रतिशतले गिरावट हुँदा गोर्खाज फाइनान्सको सेयरमूल्य २.४५ प्रतिशत र सपोर्ट माइक्रो फाइनान्सको सेयरमूल्य २ प्रतिशतले गिरावट भएको छ । यस्तै सेञ्चुरी डिबेञ्चर २०८८ को मूल्य ३.०४ प्रतिशतले गिरावट भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार