नेकपा पश्चिम दाङद्वारा विधुत प्राधिकरण तुलसीपुरमा भएको घोटालाप्रती गम्भीर ध्यानाकर्षण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले नेपाल विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा भएको घोटालाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीका सेक्रेटरी निर्मल सीले बुधबार प्रेस बिज्ञप्ती जारी गर्दै सो घोटालाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । नेपाल विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुर दाङ कार्यालयले विधुतसंग सम्बन्धित सपोर्ट पिलेट लगायतका सामानहरु कार्यालयका सिमित कर्मचारीको मिलेमतोमा अनाधिकृत ढंगले बाहिर विक्री वितरण गरेको सार्वजनिक भएपछि सेक्रेटरी निर्मल सीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ – ‘नाटकीय ढंगले विक्री भएको सामान कार्यालयमा फिर्ता लिएको र सो घटनालाई गुपचुप पार्ने तरिकाले साम्य पार्ने योजनासहित गोप्य बैठक बसेको भन्ने समेत जानकारी आएको हुदा हाम्रो पार्टी नेकपा पश्चिम दाङको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयको सत्य र सहि सुचना आम जनताहरुको माझमा पुर्याउन वा जानकारीको लागि यो प्रेस बिज्ञप्ति जारी गरिएको छ ।’
बिज्ञप्तिमा घटनाको ढाकछोप र सत्यतथ्य लुकाएर बाहिर ल्याउने प्रपन्च भएको , कार्यालय प्रमुखको प्रत्यक्ष संलग्नतामा फिल्डमा दलालहरुबाट यस्ता खालका कयौं विकृती हुने गरेका , सरकारी कार्यालयमा हुने सबैखाले व्यथितिहरुको बारेमा आम जनतालाई सुसज्जित गर्दै कडा संघर्ष गरिने समेत स्पष्ट गरिएको छ ।
यस्तै बिज्ञप्तिमा प्राधिकरणको तुलसीपुर वितरण केन्द्रमा देखिएको घटनामा संलग्न दोषी कर्मचारी वा जो कोहिलाइ कानुनी कारवाही गरि यथार्थ र सत्यतथ्य कुरा बाहिर ल्याउन समबन्धित निकायलाइ गम्भीरतापुर्वक आग्रह गरिएको छ । साथै कुनै किसिमको बाहानाबाजी गरि सत्य घटनालाई ढाकछोप गरिएमा त्यसको शसक्त प्रतिवाद गर्ने र त्यसबाट निस्कने परिणाम समबन्धित पक्षले नै व्यहोर्ने समेत जानकारी गराइएको छ ।
यता घटनाको बिसयमा प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख ज्ञान बहादुर फर्सालले बसपार्कमा ट्रकमा जाँदै गरेको सामानलाई कार्यालयमा पुनः ल्याइसकेको बताए । ट्रकमा लोड भएको सामानमा स्टिल , प्लेट लगाएतका प्राधिकरणमा आएका अन्य सामानहरु भएको प्रमुख फर्सालले बताएतका छन् । प्रमुख फर्सालले घटनाको विषयमा छानवीन समिती गठन गरिने र दोषीलाई कारवाही गरिने समेत बताए ।