नेकपाले मिटरब्याजीले हडप्न लागेकाे घर जग्गा संरक्षण गर्ने !
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी राेल्पाले मिटरब्याजी सिन्धुपाल्चोक घर भइ काठमाण्डाै बस्दै आएका कृष्ण तिमल्सिनाले राेल्पाका श्रवण राेकामगरकाे घर हडप्ने देखिए पछि त्यसकाे संरक्षण गर्ने भएकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी पुर्वी राेल्पाले राेकाकाे घरमा ब्यानर टास गरि संरक्षण गरिएकाे जनाएकाे हाे ब्यानरमा लेखिएकाे छ “सिन्धुपाल्चोक जिल्ला सुनकाेशी गाउँपालिका वडा नं. ७ घर भै हाल का.जि.का.म.न.पा.९ बस्ने बर्ष ४३ काे कृष्ण तिमिल्सिनाले राेल्पा जिल्ला लुङ्ग्री गाउँपालिका वडा नं. ५ बस्ने श्रवण राेकाकाे घर जग्गा हडपेर घरबार बिहिन बनाउने अनेकाै पर्यत्न गरिरहेकाेले श्रवणकाे घर नेपाल कम्युनिस्ट पार्टीले संरक्षण गरी सुरक्षित गर्ने निर्णय गरिएकाे छ । मिटरब्याजी कृष्ण तिमिल्सिनाकाे लाेभ र प्रलाेभनमा परि कसैले पनि उक्त घर जग्गा किन बेच नगर्न अनुराेध गर्दछाैं । चर्काे ब्याज असुल्दै अन्तिममा मान्छेलाई घरबार बिहिन बनाउने मिटरब्याजीहरूलाई कडा कारबाही गर्न सराेकारवाला निकायकाे गम्भीर ध्यानाकर्षण गरराउँदछाैं ” ।
पिडित श्रवन राेकाका अनुसमर तिमिल्सिनाबाट २०७० सालमा ३ लाख ५२ हजार रूपैया लिएका हुुन उनले पटक पटक गरि १५ लाख रूपैया तिरिसकेका छन् तर त्यति तिरिसक्दा समेत अदालतमा १ कराेड ७ लाख ९९ हजार ७ सय छयालिस रूपैयाकाे बिगाे दावि गरि मुद्दा दायर गरि अदालतलाई समेत प्रभाव पारि विभिन्न हडकन्डा गरि उच्च अदालतबाट ३६ लाख १० हजार सात सय रूपैयाँमा घरजग्गा लिलाम बिक्रि गर्न लागिएकाे हाे । स्मरण हाेस यस अघि राेल्पा जिल्ला अदालत ले ३ लाख ५२ हजार रूपैयाँ राेकाले तिमिल्सिनालाई दिने गरि श्रवण राेकाकाे पक्षमा फैसल्ला गरेकाे थियाे ।
यसै बिषयमा नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पुर्वी राेल्पाले बुधबार एक विज्ञप्ति जारि गर्दै मिटरब्याजबाट पिडित श्रवण राेकाकाे विषयमा सम्बन्धित निकायकाे ध्यानाकर्षण समेत गराएकाे छ ।-हर्क सी