नेप्से परिसूचक ६२.२१ अंकले बढ्यो

काठमाडौँ । नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६४ अंकले बढेर ३९५.४५ बिन्दुमा पुगेको छ। नेप्सेमा कूल २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज ४९ करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।
आजको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र हिमालयन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, शिवम पावर र एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।