जीवन विकास लघुवित्तमा तालाबन्दी

२०८० असार ११ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले झापाको दमक – ९ स्थित क्याम्पस रोडमा रहेको जीवन विकास लघुवित्तमा तालाबन्दी गरेको छ। आइतबार दिउँसो युवा संगठन नेपाल झापाका इन्चार्ज पुकार सी को नेतृत्वमा कालो ब्यानर सहित गएको टोलीले त्यहाँका कर्मचारीलाई बाहिर निकाल्दै तालाबन्दी गरेको छ भने उक्त संस्थाको बोर्ड तोडफोड र आगजनी गरेको छ।
यसअघि जीवन विकास संस्थाले स्थानीय स्तरमा ऋणीहरुलाई धम्क्याएको, चरम शोषण गरेको , चर्को ब्याज असुलेको भन्दै पीडितहरुले नेकपालाई गुहारेको र पटकपटक सम्झाउँदा समेत वित्तीय अराजकता नरोकिएकोले तालाबन्दी गरिएको इन्चार्ज पुकार सी ले बताए ।
उक्त संस्थाले कयौं दिदीबहिनीहरुलाई आत्महत्या गर्ने स्थितिमा पुर्‍याएको, समाजमा गुन्डागर्दी शैलीमा आतंक सिर्जना गरेको भन्दै नसच्चिएको खण्डमा थप कारबाही गरिने युवा संगठनले चेतावनी दिएको छ। यसअघि नेपाल कम्युनिस्ट पार्टीले मिटरब्याजिको आरोपमा हिजो विर्तामोड स्थित बुधबारे हटियामा नबराज विमलिको घर कब्जामा लिएको थियोे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१६ सय ३६ किलो गाँजा बरामद

२०८१ चैत्र ९ गते, शनिबार

सार्वजनिक ऋण झन्डै २७ खर्ब !

२०८१ चैत्र ५ गते, मंगलवार