आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित

२०८० असार १३ गते, बुधबार

काठमाडौं । आगामि आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ । आजको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित गरियोस भन्ने पक्षमा १४७ मत र बिपक्षमा १०८ परेको थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस गरेका थिए । त्यसलाई सभामुख देवराज घिमिरेले संसदमा निर्णयार्थ पेश गरेका थिए । बजेट पारितसँगै सरकारलाई बजेट कार्यान्वयनको बाटो खुलेको छ । सत्तारुढ दलका सांसदहरुले बजेटको पक्षमा मतदान गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत अन्य दलहरुले बजेटको बिपक्षमा मतदान गरेका थिए ।
गत जेठ १५ गते अर्थमन्त्री महतले बजेट सार्वजनिक गरेका थिए । बजेटमाथि संसदमा १६ दिनसम्म छलफल भए पनि कुनै उपलब्धि नभएको भन्दै सांसदहरुले नै असन्तुष्टि जनाईरहेका थिए।

प्रतिक्रियाहरु

[anycomment]