प्रतिनिधि सभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित
![](https://janakhabar.com/wp-content/uploads/2013/05/sambidhan-shabha.jpg)
काठमाडौं । प्रतिनिधि सभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले स्विकृत भएको हो । त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।