सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

२०८० असार २० गते, बुधबार

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनी गोवर्द्धन ढकाल र शिवलाल भण्डारीको नाममा रहेको ४० हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।। संस्थापक सेयरधनी गोवर्द्धन ढकालको २८ हजार कित्ता र शिवलाल भण्डारी १२ हजार २०० कित्ता रहेको छ। यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। यस सेयरमा लगानीकर्ताले ३५ दिन भित्र आवेदन दिईसक्नु पर्ने छ। यस सेयरमा संस्थापक सेयरधनीहरुले काठमाडौँको बालुवाटारस्थित बैंकको केन्द्रिय कार्यालयमा आएर खरिद आवेदन दिन सक्नेछन्।
तोकिएको समयपछि विद्यमान संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त !

२०८२ असार २० गते, शुक्रबार

नेप्से ९.१४ अंकले बढ्यो

२०८२ असार १९ गते, बिहीबार