घोराही सिमेन्टको आइपिओ सच्याउन सकिने !

२०८० असार २२ गते, शुक्रबार


काठमाडौँ । सेयर बिक्री प्रबन्धकहरू हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले एक सूचना जारी गर्दै घोराही सिमेन्टको आइपिओ भरेकाहरुले आवेदन सच्याउन आइतवारसम्मको समय दिएको छ । लगानीकर्ताले आफ्नो सिआस्वा सदस्य, बैंक तथा वित्तिय संस्थामा लिखित निवेदन दिएर खातामा रोक्का भएको रकम फुकुवा गर्न लगाएपछि मात्रै आवेदन सच्याउन सक्नेछन्।
नेपाल धितोपत्र बोर्डका अनुसार कम्पनीको सेयरमा हालसम्म ३ अर्ब ६१ करोड रकमको आवेदन स्वीकृत होल्ड भएर बसेको छ । कम्पनीको सेयर शुक्रबारदेखि पुन: चाँडोमा असार २४ र ढिलोमा असार ३१ गतेसम्मको लागि निष्कासन गरिएको छ।
उक्त कम्पनीको क्रेटिङ रेटिङ र आइपिओको आवेदनमा फर्जी आवेदन हालेको पाइएपछि बोर्डले निष्कासन रोक्का गरेको थियो। । कम्पनीले प्रिमियम सहित प्रतिसेयर ४३५ रुपैयाँका दरले आइपिओ बिक्री गरिरहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]