लेखा अधिकृत ढकाल घुससहित पक्राउ

२०८० असार २२ गते, शुक्रबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएका टोलीले दुई लाख घुससहित मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल रंगेहात पक्राउ गरेको छ । ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियारको टोलीले ढकाललाई कार्यकक्षबाटै पक्राउ गरेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु