नेप्से परिसूचक १२.१६ अंकले बढ्यो

२०८० असार ३१ गते, आईतवार

काठमाडौँ। नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७.०९ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अंकले बढेर ३९४.१५ बिन्दुमा पुगेको छ। नेप्सेमा कूल २८६ कम्पनीको ७१ लाख ८४ हजार २५४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज २३ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स र माउन्टेन इनर्जीको कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसूचकमध्ये ५ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा सनराइज फोकस इक्युती फण्ड र एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, लिबर्टी इनर्जी र मकर जितुमाया सुरु हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

प्रतिक्रियाहरु

[anycomment]