नेप्से परिसूचक ९.९१ अंकले बढ्यो !
काठमाडौँ। नेप्से परिसूचक ९.९१ अंकले बढेर २१५४.०७ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०४ अंकले बढेर ४०७.१३ बिन्दुमा पुगेको छ। आज ४७ अंकको उछाल आएपनि कारोबार अढाई अर्बमा सीमित रहेको थियो । मंगलबार पनि नेप्से मध्यान्ह २१ सय ७० सम्म पुगेर अन्तिममा सिथिल भएको हो । आज अधिकांश समूहमा हरियाली छाएकोमा मंगलबार ५ वटा समूह ऋणात्मक रहे । सोमबार साढे ४ प्रतिशतको वृद्धि आएको विकास बैंक समूह मंगलबार करिब १ प्रतिशतले घट्योे । मंगलबार विकास बैंकसँगै होटल तथा पर्यटन, जलविद्युत, वित्त अनि सामूहिक लगानी कोष ओरालो लाग्दा बाँकी समूह उकालो लागे । निर्जीबन बीमा समूहम सबैभन्दा उच्च डेढ प्रतिशतको वृद्धि आयो । उत्पादनमूलक र वाणिज्य बैंक समूहमा पनि १ प्रतिशतमाथिको वृद्धि आउँदा बाँकी सामान्य अंकले सकारात्मक रहे । मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ५५ कम्पनीको ८६ लाख ७६ हजार कित्ता शेयर ३ अर्ब ५५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
आज कमाउने र गुमाउने कम्पनीको संख्या बराबरी जस्तै रह्यो । १ सय १ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ६ कम्पनीको घट्यो । मंगलबार पनि बीपीडब्लू लघुवित्त, यूनाईटेड अजोड इन्स्योरेन्सका लगानीकर्ताले उच्च १० प्रतिशत हाराहारीमा कमाए ।