नेप्से सूचक ३६.१९ अंकले घट्यो
२०८० श्रावण ९ गते, मंगलवार
काठमाडौँ । आज नेप्से सूचक ३६.१९ अंकले घट्दै २१ सय ६४.३१ अंकको विन्दुमा ओर्लिएको छ । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७.६२ अंकले घटेर ४११.१६ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ । आज होटल तथा पर्यटन बाहेक बाँकी १२ वटै उपसूचक ऋणात्मक भएका छन् । होटल तथा पर्यटन समूहको उपसूचक १.२२ प्रतिशतले बढेको छ । ३६ अंकमाथिले नेप्से घटेको बजारमा आज २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ ।आव किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नबिल डिभेन्चरको मूल्य ६.८७ प्रतिशतले घटेको छ ।