लघुवित्त पीडितद्वारा बिरोध प्रदर्शन

काठमाडौं । लघुवित्त पीडितहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सार्दै बिरोध प्रदर्शन गरेका छन् । ‘लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । माईतीघर मण्डलामा भेला भइ संसद भवन घेराउ गर्न पुगेका उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । आफ्ना माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ । पीडितहरूले लुघवित्तलाई खारेज गर्नुपर्ने, साँवासहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्नुपर्ने बताएका छन् ।