सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ

२०८० श्रावण ११ गते, बिहीबार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यससँगै सुनको मूल्य ऐतिहासिक रेकर्ड नजिक पुगेको छ । यसअघि साउन ४ गते सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । सो दिन छापावाल सुन प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा सुन बिहिबार प्रतितोला आठ सय रुपैयाँ बढेको हो । यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार