साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने गिरी पक्राउ

२०८० श्रावण १५ गते, सोमबार


काठमाडाैँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३३ वर्षीय राजन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले १ जनालाई वैदेशिक रोजगारका लागि साइप्रस पठाइ प्रतिष्ठित कम्पनीमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए।

उनलाई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि प्रहरीले उनलाई काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ०.४१ अंकले घट्यो

२०८२ असार २४ गते, मंगलवार

२ सय मेगावाट विद्युत् उत्पादन बन्द !

२०८२ असार २४ गते, मंगलवार